Close sidebar
  • ताजा
  • लोकप्रिय
  • थाइराइड समस्यामा वृद्धि, कौशल्या मेमोरियल हस्पिटलमा प्राकृतिक र असरकारक उपचार

    ४ असार, बाँके । बाँकेको कोहलपुर नगरपालिका–९, हवल्दारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलले लामो समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय यस अस्पतालमा थाइराइडका विरामीहरूको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ ।

    हस्पिटलमा कार्यरत अक्युपन्चर विशेषज्ञ अर्जुन महतोका अनुसार, अक्युपन्चर एक पुरानो र प्रभावकारी उपचार विधि हो जसले शरीरमा कुनै प्रकारको साइड इफेक्ट बिना दीर्घकालीन समस्याको समाधान दिन सक्छ ।

    Advertisement

    उनले भने, ‘यो उपचार विधिले औषधी प्रयोग नगरी शारीरिक समस्याको समाधान गर्ने भएकाले बिरामीको स्वास्थ्यमा दीर्घकालीन सुधार देखिन्छ ।’ लामो समयदेखि शरिरले साथ नदिएको विरामी यहाँ आएपछि मजाले हिड्न र बोल्न सक्ने भएको महतोले बताए ।

    कौशल्या मेमोरियल हस्पिटलमा हरेक दिन १०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । विरामीको चाँप बढि भएको हुनाले टोकन सिस्टम लागु गरि उपचारमा सहजता ल्याएको उनले बताए । विशेषगरी विहान र बेलुका हातखुट्टा नचल्ने, शारीरिक सन्तुलन गुमाउने, शरीर झमझम गर्ने, तागत नहुने जस्ता स्नायु प्रणालीसम्बन्धी समस्याबाट ग्रसित बिरामीहरू आउने गरेको अस्पताल स्रोत बताउँछ ।

    Advertisement

    अस्पतालमा मिर्गी, छारे रोग, चरिफाई, मेरुदण्ड समस्या, टाउको दुख्ने, थकाइ र शारीरिक कमजोरी लगायतका जटिल रोगहरूको विशेषज्ञ चिकित्सकहरूको टोलीबाट उपचार गरिन्छ । थुप्रै बिरामीहरू अन्य देश–विदेशका अस्पतालमा निको नहुने भएपछि अन्ततः यस अस्पतालमा आएर स्वास्थ्यलाभ गरेको उदाहरणहरू प्रशस्त रहेका छन् ।

    स्थानीय स्तरमै यस्तो गुणस्तरीय सेवा पाउन सकिने भएकाले कौशल्या मेमोरियल हस्पिटल स्वास्थ्य सेवाको भरपर्दो केन्द्रका रूपमा स्थापित भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »