Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ८ वर्षदेखि कीर्ते कागजात बनाउने कारखानामा छापा, तीन जना पक्राउ

    १ जेठ, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका–७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि कीर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो ।

    विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–२ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने मकवानपुर कैलाश गाउँपालिका–२ छ्याङ्ढुङ् घर भएकी २३ वर्षीया अन्जु खत्री रहेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई तारकेश्वर नगरपालिका–७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजातहरू तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित पक्राउ गरेको हो ।

    Advertisement

    प्रारम्भिक अनुसन्धानको क्रममा अन्जनीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुल्न आएको छ ।

    उनले तारकेश्वर नगरपालिका–७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजातहरू इडिट तथा डिजाइन गर्नका लागि दुई जना सहयोगीलाई मासिक तलब दिई कार्यालय संचालन गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

    Advertisement

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »