Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा विविध कार्यक्रम सहित अन्तराष्ट्रिय नारी दिवस मनाईयो

    २४ फाल्गुन, बाँके । महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगञ्जमा एकजुट भएर ११५ औं अन्तराष्ट्रिय नारी दिवस मनाएका छन । दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको र्‍याली विपि चोक, धम्बोजि चोक, सेतुविक चोक, न्युरोड, त्रिभुवन चोक हुँदै पुनः नेपालगञ्ज उपमहानगरपालिकामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

    आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगञ्ज उपमहानगरपालिकाका संयोजक केशब कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापित गर्नका लागि सामुहिक एकता र अभियानको खाचो रहेकोमा जोड दिएका थिए । उनीहरुले महिलाहरुले निर्वाह गरिरहेको दायित्वलाई अर्थपुर्ण रुपमा लिनुपर्ने धारणा राखेका थिए ।

    Advertisement

    कार्यक्रमा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठले अहिले पनि महिला हिंसाका घटना घटिरहेको हुँदा सबै सचेत दिदीबहिनीहरुले प्रभावकारी भुमिका निभाउनुपर्ने बताइन । महिलाअधिकारका लागि आफूले पनि निरन्तर संघर्ष गरिरहेको बताउदै उहाले महिलाका नाममा निकाशा हुने बजेटमा चासो दिन पनि आग्रह गरिन ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्किले महिला अधिकारका बिषयमा प्रकाश पार्दे ट्राफिक नियमको पनि पालना गर्नुपर्ने धारणा राखेका थिए ।

    Advertisement

    यस्तै, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा प्रमुख द्धारिक अधिकारीले महिला आन्दोलनले स्थापित भएको महिला अधिकारलाई अब व्यवहारिक बनाउन जरुरी रहेको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महिलाहरुको हकहितका लागि सञ्चार क्षेत्रबाट निरन्तर भुमिका निर्वाह भइरहेको र आगामि दिनमा पनि निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका न्यायिक समितिका सदस्य रुमिता श्रेष्ठ र नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगिता रेग्मि लगायतले बोलेका थिए ।

    Advertisement

    कार्यक्रममा उद्योगी, पत्रकार र सामाजिक अभियान्ता गरी ६ जना महिलाहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुने हरुमा महिला उद्यमी तर्फ आशा शार्की, लक्ष्मि बम र नानी माया पुरी र यसैगरी हेका छन् ।

    क्रियाशिल पत्रकार महिला तर्फ साबित्री गिरी र रुपा गहतराज सम्मानित भएको र सामाजिक अभियान्ता तर्फ शाहिदा बानो सम्मानित भएकी छन् ।
    यस पटकको नारी दिवसको नारा “सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने रहेको छ । कार्यक्रममा २ सय भन्दा धेरैको सहभागिता रहेकोे थियो ।

    Advertisement

    दिवसको पुर्वसन्ध्यामा नेपालगञ्जमा अन्य कार्यक्रमहरु पनि भएका थिए । जसअर्न्तगत दिवसको अवसरमा नगरस्तरीय बालक्लव सञ्जालका पदाधिकारीलाई ३ दिने स्थानीय बालमैत्री कार्यक्रम सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

    ग्रामिण क्षेत्रमा महिला पुरुष समविकास तालिम ३ दिने सञ्चालन र कृपा हस्पिटल र सामुदायिक प्रहरी सेवा व्यवस्थापन केन्द्रको आयोजनामा कृपा हस्पिटलमा विपन्न अवस्थाका महिलाहरुको निशुल्क पाठेघरको क्यान्सर परिक्षण कार्यक्रम गरीएको नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्रा कुमारी पुरीले बताइन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »