८ पुष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । उनी विरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणमा आइतबार मुद्दा दायर गरिए सँगै उनको सांसद पद निलम्बन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेल मार्फत आइतबार पठाएको पत्रअनुसार संघीय संसद् सचिवालयले सोमबार निलम्बन सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
Advertisement
जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै रवि सांसद पदबाट निलम्बनमा परेका हुन् ।
निलम्बन बारेको पत्र प्रहरीले पठाएपछि सभामुख देवराज घिमिरेले सोमबार दिनभर कानुनी परमार्श गरेका थिए । जसअनुसार उनले बीचको बाटो प्रयोग गरेर लामिछाने निलम्बित भएको सूचना निकालेका हुन् ।
टिप्पणीहरू