२ पुष, सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ ।
नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एअरले गत शुक्रवार रात्रिकालीन उडानको परीक्षण गरेको थियो । परीक्षण उडान सफल भए सँगै बुद्ध एअरले काठमाडौँ-राजविराजको रात्रिकालीन उडान शुरू गरेको हो ।
Advertisement
रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान भएसँगै बुद्ध एअरले व्यवसायिक रुपमा रात्रिकालीन उडान शुरू गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गरेका हुन ।
Advertisement
यसअघि राजविराज विमानस्थलमा बुद्ध एअरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो ।
यस सँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुर, विराटनगर, राजविराज, सिमरा, काठमाडौँ, पोखरा र भैरहवा विमानस्थल रात्रिकालीन उडान हुन्छ ।
टिप्पणीहरू