Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल संवत् ११४५ प्रारम्भ, नेपालगञ्जमा भब्य र्‍याली

    १७ कात्तिक, बाँके । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

    नयाँ वर्ष नेपाल संवत ११४५ को उपलक्ष्यमा आज नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्‍याली आयोजना गरी भब्य रुपमा मनाईदैँछ ।

    Advertisement

    न्हुदँया भिन्तुना नेपाल संवत ११४५ को अवसरमा शुभकामना कार्यक्रम तथा भब्य र्‍याली आयोजना गरिएको नेवाः पुचः बाँकेका सचिव विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

    नेपाल संवत काठमाडौँ उपत्यका र उपत्यका बाहिर नेवारी समुदायको बसोबास भएका स्थानमा मनाउदै आईरहेको यो नेपालको मौलिक सम्वत हो ।

    Advertisement

    राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणबाट मुक्त बनाएर चलाएको संवत नेपाल संवतको रुपमा रहेको छ ।

    कार्तिक शुक्ल पक्षका दिन नेपाल संवतको पहिलो दिन हो । यो सम्वत भक्तपुरका राजा राधव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी चलनमा रहेको थियो । नेपाल सरकारले यो सम्वतलाई आधिकारीक मान्यता दिएको छ । नेवारी समुदायमा यसको प्रयोग धेरै भईरहेको पाईन्छ ।

    Advertisement

    पछिल्लो सयममा अन्य समुदायले पनि मनाउन लागेपछि यसको महत्व बढेको सचिव श्रेष्ठले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »