१० कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ३ बन्कट्टी स्वास्थ्य चौकीमा एक सय ३८ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।
भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कात्तिक ८ र ९ गते सञ्चालन गरिएको शिविरमा ५५ जना पुरुष र ८३ जना महिलाको निःशुल्क आँखा जाँच गरिएको हो ।
Advertisement
कार्यक्रम संयोजक वृजेश मिश्र अनुसार एक सय ३८ जना मध्ये २७ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १५ जना पुरुष र १२ जना महिला रहेका छन । उनले यहाँ मोतियाबिन्दको समस्या धेरै देखिएको बताए ।
सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।
यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।
टिप्पणीहरू