Close sidebar
  • ताजा
  • लोकप्रिय
  • उपनिर्वाचनमा उम्मेद्वारको लागि खर्चको हद निर्धारण

    १० कात्तिक, काठमाडौँ । आसन्न मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको लागि निर्वाचन आयोगले खर्चको हद निर्धारण तय गरेको छ ।

    आयोगले कात्तिक ७ गते खर्चको हद निर्धारण गरेको हो । स्थानीय तहमा रिक्त रहेका पदहरुमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह ऐन, २०७३ को ६४ तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० बमोजिम उम्मेद्वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्वारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निणर्य भएको छ ।

    Advertisement

    जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

    आयोगले तोकेको खर्चको हद अनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पाँच लाख ५० हजार रुपैयाँ तोकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी गराए ।

    Advertisement

    यस्तै, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने प्रवक्ता सापकोटाले बताए ।

    उनका अनुसार महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »