Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कपिलवस्तु अस्पतालमा चिकित्सक नभए पछि सेवाग्राहीलाई सास्ती

    कपलिवस्तु सम्बादाता
    ६ असोज, कपलिवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा चिकित्सक नभएपछि सेवाग्राहीलाई उपचारमा सास्ती भएको छ । उपचारका लागि बिहान ९ बजेदेखि लाईनमा बसेको सेवाग्राहीलाई सेवा प्रवाह नभएपछि सास्ती भएको छ ।

    दुई महिना यता कपिलबस्तु अस्पताल राजनीतिको आखडा बन्दै गएको सर्वसाधारणको आरोप छ । यो २ महिनामा तीन पटक सम्म अस्पतालको सुपरिटेन्डेन्ट सरुवा भएको बताइएको छ । जसका कारण यसको असर सेवाग्राहीलाई परेको छ ।

    Advertisement

    अहिले कपिलबस्तु अस्पतालमा ८ जना बिषेशक चिकित्सकको दरबन्दी रहेको छ । जस्मा ४ जना मात्रै बिषेशक चिकित्सक रेका छन । आठ जना चिकित्सक दरबन्दीमा ५ जना मात्रै चिकित्सकले सेवा प्रवाह गरीरहेका अस्पताल प्रशासनले जनाएको छ ।

    यशोधरा गाँउपालिका वडा नं. २ अक्दुल मुस्लमानले आफु बिहानैबाट अस्पतालको पर्चा काटेर चिकित्सकलाई कुरेर बसिरहेको बताए ।

    Advertisement

    अस्पतालमा बिरामीको चाप बढदै गएको छ तर डाक्टरहरु अभाव छ । छ तिन महिनामा तिन पटक कार्यालय प्रमुखको सरुवा भएको अस्पतालका सूचना अधिकारी रात्कर शुक्लाले जानकारी गराए ।

    कपिलवस्तु अस्पतालमा अहिले रेडियोलोजिष्ट, छालारोग बिषेशक, नाक कान घाटी प्याथोलोजिष्ट, बिषेशक डाक्टर नभएपछि समस्या भएको सूचना अधिकारी शुक्लाले बताए ।

    Advertisement

    तिन महिना देखि अस्पतालका कर्मचारीहरु तलब पनि खाना नपाएको शुक्लाले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »