३० भदौ, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिकामा दुई जना युवा माथि भएको खुकुरी प्रहार घटनामा पुर्पक्षका लागि जिल्ला अदालत बाँकेले पाँच जनालाई थुनामा पठाउन आदेश दिएको छ ।
राप्ती सोनारी-२ का जनप्रतिनिधि सहित पाँच जना आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
Advertisement
गत भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेको समयमा राप्ती सोनारी गाउँपालिका-५ बिनौना चोकमा सोही गाँउपालिका वडा नं. २ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल माथि एक समूहले आक्रमण गरेको थियो ।
घाइते विष्टकी श्रीमती चेतना पुरी विष्टले भदौ २ गते वडाध्यक्ष ओली सहित नौ जना विरूद्ध ज्यानमार्ने उद्योग अन्तर्गत लिखित उजुरी दिएकी थिइन् ।
Advertisement
आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले थुनामा रहेका राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वलीसहित थप चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतले जनाएको हो ।
वडाध्यक्ष ओली सहित राप्ती सोनारी- २ का बामे भन्ने चुडामणि वली, रत्न भण्डारी, लोकेन्द्र भनिने लोकबहादुर डाँगी र नेपालगञ्ज-६ का बाला भनिने सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको हो ।
Advertisement
घाइते दुवै जनाको भारत स्थित लखनउमा उपचार भइरहेको परिवारले जनाएको हो ।
टिप्पणीहरू