कपिलवस्तु सम्बादाता
३० भदौ, कपिलवस्तु । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको आरोप लाग्दै आएको छ ।
Advertisement
जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो नजिक, पहुँच कम तथा पत्रकारिता क्षेत्रमा सक्रिय रहे पनि शुद्धिकरणको नाममा उनीहरूको सदस्यताबाट नाम हटाइएको महासंघ माथि आरोप लागिरहेको छ ।
केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार स्थायी, अस्थायी, करार कर्मचारी तथा अन्य पेशामा आबद्ध रहेका तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निष्क्रिय रहेका र अन्य मापदंड बनाई नेपाल अधिराज्यभर शुद्धिकरण अभियान चलाएको थियो ।
Advertisement
उक्त शुद्धीकरण अभियान पहुँच नभएका पत्रकार माथि मात्रै लागू गरिएको कपिलवस्तुका पत्रकारले बताउँछन । कपिलवस्तु मात्रै नभई बाँकेमा समेत शुद्धीकरण अभियान विरुद्ध आवाज उठाउदै आजबाट विभिन्न संघसंगठनहरुले आन्दोलनको कार्यक्रममा जाने बताएका छन ।
पत्रकार महासंघ कपिलवस्तु शाखामा पनि पहुँचका बलमा शुद्धिकरण अभियानलाई लजास्पद बनाइएको भन्दै कपिलवस्तुका पत्रकारले विरोध समेत जनाईरहेका छन । शुद्धिकरणका नाममा आफ्ना आसेपासे तथा मापदण्डको धज्जी उडाउदै केन्द्रीय समितिबाट भाद्र २९ गते जारी गरिएको सदस्यको सूचिले प्रमाणित गरेको उनीहरुको आरोप छ ।
Advertisement
जनताको आवाजको रूपमा पत्रकार रहेपनि पत्रकारको छाता संगठनका रूपमा रहेको नेपाल पत्रकार महासंघ आफै सक्रिय पत्रकारलाई शुद्धिकरणका नाममा हटाएर मापदंड विपरीत सदस्यताको सूची प्रकाशन गरेको प्रति तमाम पत्रकार बिरोध जनाउदै आएका छन्।
टिप्पणीहरू