Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी बीच एकता

    ११ भदौ, काठमाडौँ । दल मर्दन कामी नेतृत्वको संयुक्त नागरिक पार्टी र भरत गिरी नेतृत्वको आमूल परिवर्तन रिपब्लिकन पार्टी बीच एकता घोषणा भएको छ । यी दुबै पार्टी बीच एकता भएर आमुल परिवर्तन नागरिक पार्टी घोषणा भएको हो ।

    पार्टी एकता पछि विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै मुलुकको परिस्थतिलाई मध्यनजर राख्दै मिसन ८४ लक्षित योजना बनाई अघि बढ्ने बताइएको छ। अहिले पार्टीको अध्यक्षमा दुबै जना कायम रहेका छन् ।

    Advertisement

    उनीहरुले ठूला भनिएका पार्टीहरूबाट गणतन्त्रको उपहास गर्दै मुलुकलाई भडखालोमा हाल्ने काम भइरहेको र यसको विकल्पमा पार्टी एकीकरण गरिएको बताएका छन् ।

    यस्ता छन् राजनीतिक एजेण्डाहरुः

    १. औद्योगिक क्रान्ति नै आर्थिक समृद्धिको एकमात्र विकल्प भएकोले देशमा औद्योगिक क्रान्ति शुरु गर्नेछौं।

    Advertisement

    २. नेपालको-भारतसंग गरेको असमान शन्धि खारेज गरी नेपालले गुमाएको भुमि फिर्ता गर्न आवश्यक कदम चाल्ने साथै नेपालको हित विपरित गरेका विभिन्न सम्झौताहरु खारेज गर्ने।

    ३. सिमा क्षेत्रमा रहेका जनतालाई छिमेकीबाट दिदैं गरेको पीडाबाट मुक्त गर्न सिमानामा तारबार तथा पर्खाल निर्माणको काम फत्ते गर्ने।

    Advertisement

    ४. तराई क्षेत्रमा हुने शीतलहरको शिकार तथा डुबानबाट जोगाउन साथै पहाडी भेगमा वर्षेनी हुने पैरोबाट जोगाउने नीति अबलम्बन गर्ने।

    ५. गरिबी उन्मुलन कार्यक्रम गरिवीको रेखामुनी परेकालाई राज्यले पालनपोषण गर्ने, तथा विदेश गएकाहरुलाई देश फरक र देश निर्माण अभियान चलाउने।

    Advertisement

    ६. सार्वजनिक पद दुरुपयोग गरी कमाएका सम्पूणर् अकूत सम्पति राष्ट्रियकरण गरिने।

    ७. नागरिकता बिहिन नागरिकहरुलाई नागरिकता प्रदान गर्ने ताकी नागरिक भएर पनि नागरिकता नपाउने नीति पुणर्रुपमा अन्त्य गरी उमेर पुगेका कुनैपनि नागरिक नागरिकता विहिन नहुने।

    ८. नेपाल बन्द, हडताल तथा तोडफोडको आन्दोलन पुणर्रुपमा रोकी आन्दोलनको मापदण्डको व्यवस्था ल्याई कडाईका साथ लागु गर्ने।

    ९. इन्टरनेट राज्यले देशै भरि निशुल्क गर्ने ताकी कोहीपनि संचार विहिन वा संचारको निम्ति खर्च गर्न नपरोस।

    १०. देशै भरि सबैको निम्ति निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था गर्ने।

    ११. देशमा हत्या हिंसा पूणर्रुपमा रोक्न सबै निशस्त्रिकरण अभियान चलाउने।

    १२. सबै अल्प संख्याक धार्मिक समुदायहरुको आयोग निर्माण गर्ने तथा सामाजिक कुप्रथा उन्मुलन आयोग गठन गर्ने।

    १३. सबै अल्प संख्याक जाती तथा सीमान्तकृतहरुको उत्थान र विकास निर्माण सम्बन्धि आयोग गठन गरि सबैको समान विकास गर्ने।

    १४. देशमा नयाँ कानुन निर्माण गरी भ्रष्टाचार, घुसपैठ, हत्या, बलात्कार, मानब बेचबिखन तथा देशको राष्ट्रिय अखण्डता वा सार्वभौम प्रतिकुल क्रियाकलापलाई सर्वस्व सहित जन्म कैदको व्यवस्था गरिने।

    १५. पंचायतकाल देखि सार्वजनिक पदमा रही कमाएका कालोधन राष्ट्रियकरण गर्ने।

    १६. कुनैपनि राजनीतिक नेता तथा सार्वजनिक पदमा रहेकाहरुलाई स्वास्थ्य परिक्षण गर्न,छोराछोरी विदेश पढाउन साथै विदेशी बैंकमा रकम जम्मा गर्न पुणर्रुपमा बन्द गर्ने।

    १७. देश विकासमा सेना तथा आवश्यक संख्यामा जनशक्ति खडा गरि राष्ट्र निर्माण गरिने तथा गलत मुद्दामा फसाई लामो जेल जीवन व्यतित गरिरहेकाहरुलाई छानबिन गरि जेल मुक्त गरिने साथै लामोसमयसम्मको लागि थुनामा परेकाहरुलाई देश निर्माणमा लगाउने ताकी थुनिएर समय बिताउनुपर्ने बाध्यतालाई अन्त गरी राष्ट्र निर्माणमा महत्वपूणर् योगदान दिलाउने।

    १८. गरिबीको रेखामुनी परेकाहरुलाई राज्यलेनै गाँस र कपासको साथै छोराछोरीलाई राज्यलेनै पढाउने व्यवस्था गर्ने।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »