इमरान खान
२३ असार, कपिलवस्तु । एक युवा, पाँच बिरुवा नारा सहित प्राचिन बुद्धनगरी कपिलवस्तु नगरपालिकामा वृक्षरोपण अभियान सञ्चालन गरिएको छ ।
नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि बृहत वृक्षरोपण अभियानको थालिएको हो । केहीदिन यता भईरहेको अबिरल बर्षा र झरीको बावजुत सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, कर्मचारी, जेष्ठ नागरिक, शिक्षक, संघ संस्था तथा कपिलवस्तु नगरवासीहरुको उत्साहजनक सहभागीतामा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय द्वारा बेगमबेलिया प्राजातिको फुलको बिरुवा रोपेर अभियानका शुभारम्भ गरेका हुन ।
Advertisement
कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खान, सुरक्षा निकायका प्रमुख, बिभिन्न गैर सरकारी संस्था तथा सम्पूणर् नगरबासीहरुको सहभागितामा जमुहरा चोक देखि प्रशासन चोक सम्म साढे ७ सय बढी बेगम बेलिया जातको फुलको बिरुवाहरू रोपिएका हुन ।
यस बर्ष जमुहरा देखि प्रशासन चोक नयाँ टोल हुँदै छोटकी तौलिहवा सम्म साढे २२ सय बिरुवा रोपिने कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेलले बताए ।
Advertisement
अभियानमा यस बर्ष १५ लाख रुपैया खर्च भएको ईन्जिनियर राजेश सैनीले बताए ।
टिप्पणीहरू