१९ असार, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको नयाँ सत्ता समीकरणपछि संसद् लगभग ‘प्रतिपक्षविहीन’ अवस्थामा पुग्ने संकेत देखिएको छ ।
राजनीतिशास्त्रीहरूले सरकारलाई त्यसले थप स्वेच्छाचारी बनाउन सक्ने चेतावनी समेत दिएका छन् ।
Advertisement
उनीहरूले राजनीतिमा मुख्य प्रतिद्वन्द्वी रहेका दुई शक्तिहरूले नै गरेको सत्ता समीकरण स्वार्थ केन्द्रित रहेको जानकारले बताउँछन ।
अहिले दुई दलबीच भएको आलोपालो सत्ता चलाउने सहमति पालना हुनेमा विश्वास गर्न सकिने कुनै आधार नरहेको आशङ्का छ ।
Advertisement
एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमा एमाले र त्यसपछि कांग्रेसले सत्ताको नेतृत्व गर्ने गरी समझदारी गरेका छन ।
दुवै दलका नेताहरूले ‘राजनीतिक स्थिरता’ का लागि यस्तो निणर्य लिइएको बताए पनि जानकारहरुले यसलाई ‘चरम अवसरवाद’ भनेका छन् ।
Advertisement
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ सांसद छन् भने नेकपा एमालेको ७९ सांसद छन् । प्रतिनिधिसभामा कुनै एउटा दलको स्पष्ट बहुमत छैन ।
दुवै दलका नेताहरूले आफूहरूले अन्य दलहरूलाई पनि समावेश गरी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने प्रयास गर्ने र निर्वाचन प्रणाली लगायतका मुद्दामा संविधान संशोधनका लागि प्रयास अघि बढाउने धारणा व्यक्त गरेका छन ।
Advertisement
कांग्रेस र एमाले बीच सहमति भएसँगै विगतमा नै कमजोर रहेको संसद्को भूमिका थप खुम्चिनेमा पनि विज्ञहरूको चिन्ता छ ।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले बीबीसी संगको अन्र्तवार्तामा भने, ‘अबको राजनीति प्रतिपक्षविहीन नै हुन्छ। कसैको सुविधाका लागि प्रमुख प्रतिपक्षी संसद्मा होलान् त्यहाँ कोटा पूरा हुन्छ । त्यहाँ नेताका लागि ठाउँहरू छ । तर त्यो प्राविधिक भूमिकाभन्दा प्रतिपक्षको अस्तित्व नै मैले देखिरहेको छैन ।’
उनले २०६४ साल यता नै मुलुकमा प्रतिपक्षको अनुपस्थिति प्रष्ट रूपमा देखिएको भन्दै नेपालले अवलम्बन गरेको प्रणालीमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण रहेको जनाए ।
उनी थप भने, ‘प्रतिपक्षको मानसिकता पनि चाहियो। सधैँ सत्ता आतुर दल र नेताहरूले प्रतिपक्षको भूमिका खेल्न सक्दैनन् । सत्ता जसले सक्यो त्यसले चलाउने हो एउटा गैर जिम्मेवार राजनीतिको शृङ्खला नै चलिरहन्छ जस्तो मलाई लाग्छ ।’
राजनीतिशास्त्री खनालले पछिल्ला वर्षहरूमा कांग्रेस, एमाले वा अन्य कुनै दलले ‘सम्मानजनक प्रतिपक्ष’ को भूमिका नखेलेको बताए ।
उनले बीबीसीलाई दिएको अन्र्तवार्तामा भनेका छन, ‘माओवादीको प्रतिपक्ष दर्शन छ जस्तो लाग्दैन । स्वतन्त्र पार्टीले विपक्षमा नै बस्छु भनेर चुनाव लडेको थियो, त्यो दल अहिलेसम्म कहाँ प्रतिपक्षमा छ र? अब पनि देश प्रतिपक्षविहीन नै हुन्छ ।’
– बीबीसीबाट
टिप्पणीहरू