Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बालबालिकाले मञ्चन गरे, बाल श्रमको कथामा नाटक

     ३१ जेठ, काठमाडौँ । महानगरपालिकाको वडा नं. ७ को महिला सञ्जालले बाल श्रम विरुद्धको दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा हिलारी स्कुलका बालबालिकाले बाल ‘श्रम विरुद्धको आवाज’ शीर्षकमा नाटक मञ्चन गरेका छन ।

    गरिबीका कारण बालबालिका श्रम क्षेत्रमा पुग्ने, श्रम क्षेत्रमा यौनजन्य तथा शारीरिश हिंसाको शिकार हुने कारण नाटकमा देखाइएको थियो । श्रम क्षेत्रका बालबालिकालाई श्रममुक्त गराउन अन्य साथी बालबालिकाहरुकै पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने नाटकको सन्देश थियो ।

    Advertisement

    सञ्जालकी संयोजक रुपा थापा भनिन, ‘रात्रीकालीन व्यवसाय, मनोरञ्जनका क्षेत्र, खाजा घर तथा अन्य व्यवसायिक स्थानमा हुने गलत क्रियाकलाप र बाल श्रम विरुद्धको अभियानका लागि अन्तरक्रियात्मक संवाद गरिएको छ ।’

    वडाले बालबालिकासँगै महिला र युवतीलाई हिंसाबाट बचाउनु पर्नेछ । पुरुषहरुलाई समेत सहभागी गराएर हिंसा शून्य समाज निर्माण गर्नु पर्नेछ । थापाले कार्यक्रमको लक्ष्यका बारेमा जानकारी दिईन ।

    Advertisement

    कार्यक्रममा सामुदायिक प्रहरी, रात्रीकालीन व्यवसायीहरुको संघसंस्थाका प्रतिनिधि, मानव बेचबिखन तथा ओसार पसारविरुद्ध काम गर्ने सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना दायित्वका विषयमा धारणा राखेका थिए ।

    दिवसकै दिन महानगरपालिकाले सिंहदरबार भित्र सञ्चालनमा रहेका क्याम्टिनहरुबाट ४ जना बाल श्रमिकलाई उद्धार गर्‍यो । यससहित १८ बर्षमुनि उमेर समूहका ४१ जना बालबालिकाको जोखिमपूर्ण श्रमबाट उद्धार भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »