२७ जेठ, कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालको बरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट (मेसु)मा डा. किशोर बन्जाडे सरुवा भएर आएका छन ।
यस अघि उनी गुल्मी जिल्ला अस्पतालमा मेसुको रुपमा कार्यरत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. विपिन जयसवाललाई काज फिर्ता बोलाएपछि कपिवस्तुमा डा. बन्जाडे आएका हुन ।
Advertisement
डा. जयसवाललाई जेठ २३ गतेको निणर्य अनुसार दरबन्दी रहेको निकाय परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा काज फिर्ता गरिएको थियो । जस पश्चात उक्त पदमा कपिलवस्तुमा डा. बन्जाडे आज हाजिर भएका हुन ।
टिप्पणीहरू