१८ जेठ, बाँके । बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीको तापक्रम क्रमिक रुपमा बढ्दै गएको छ । नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखा अनुसार बिहीबार नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ ।
Advertisement
दुवै ठाउँको तापक्रम यसवर्षकै सबैभन्दा धेरै हो । जसका कारण जनजिवन प्रभावित बनेको छ ।
टिप्पणीहरू