Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कैलाश सिरोहिया अस्पताल भर्ना

    फाइल तस्बिर

    १२ जेठ, काठमाडौँ । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

    मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथली स्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको बुझिएको छ ।

    Advertisement

    स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुर स्थित काब्या अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रञ्जन अवाले नाईल खबरलाई जानकारी दिए ।

    सूचना अधिकारी अवाले नाईल खबरलाई दिएको जानकारी अनुसार सिरोहियालाई ब्लड प्रेसर सम्बन्धि समस्या आएपछि अस्पताल भर्ना गरिएको हो ।

    Advertisement

    सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको भएपनि त्यहाँ उपचारका लागि आवश्यक सुविधा नभएका कारण काब्य अस्पतालमा लगिएको प्रहरीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »