८ जेठ, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध जारी भएको पक्राउ पुर्जी र पक्राउ गर्न कान्तिपुरको कार्यालयमै पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् ।
नागरिकताको विषयमा प्रहरीले सिरोहिया पक्राउ गरेपछि राउतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो प्रतिशोधपूणर् रहेको बताएका छन् ।
Advertisement
उनले लेखेका छन, ‘कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूणर् छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् ।’
टिप्पणीहरू