Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अशोक राई नेतृत्वको जसपा दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

    २ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा जनता समाजवादी पार्टी दर्ता यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले आज निर्वाचन आयोगले वैशाख २४ गते गरेको निणर्य र सोका आधारमा भएका काम कारबाही जहाँ जे-जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    Advertisement

    इजलासले थप छलफलका लागि दुवै पक्षलाई जेठ ८ गते बोलाउन आदेश समेत दिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »