२९ बैशाख, काठमाडौँ । दक्षिण कोरियाले यस वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लग्ने भएको छ ।
कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ । केही समय अघि देखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लग्न थालेकोमा अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने नेपालका लागि कोरियाली राजदूतले जानकारी गराए ।
Advertisement
कोरियाली राजदूतले सञ्चारकर्मीहरू सँग बोल्दै नयाँ क्षेत्रमा यसै वर्षभित्र कामदारहरू लग्ने जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । उनले नेपाल र कोरिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
टिप्पणीहरू