२९ बैशाख, बाँके । बाँकेको जमुनाहा स्थित नेपाल-भारत सीमा नाका तीन दिनका लागि बन्द गरिएको छ ।
भारतको उत्तरप्रदेश स्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।
Advertisement
शुक्रबार राती १० देखि बैशाख ३१ गते राति १२ बजे सम्म सीमा नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी गराए ।
उनका अनुसार खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको हो ।
टिप्पणीहरू