२८ बैशाख, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।
Advertisement
यस्तै, सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन र त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरूले बैठकलाई सम्बोधन गर्ने छन ।
टिप्पणीहरू