२६ बैशाख, काठमाडौँ । ओखलढुंगामा वनमा आगो लगाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश बिक र २३ वर्षीय सुजन विक पक्राउ परेका हुन ।
Advertisement
ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी गराए ।
उनका अनुसार जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको हो ।
टिप्पणीहरू