Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मटीहानीको जरलहवा निमित्त प्रदेशबाट विशेष राहतको माग

    २१ बैशाख, जनकपुरधाम । तराई-मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ साह सहितको प्रतिनिधि मण्डलले आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेंट गरी अगिलागीबाट पूणर्तः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको माग गरेको छ ।

    पुनः बसोबासको अहिलेसम्म कुनै व्यवस्था नभएको र जनता बिचल्लीमा रहेको उनीहरुको भनाई छ । उनीहरुले एकद्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न अवरोध खडा गरिरहिएको खबरप्रति समेत बिरोध प्रकट गरेका छन ।

    Advertisement

    प्रशासन, स्थानीय सरकार, प्रदेश र संघीय सरकार राजनीतिक क्रेडिटको निमित्त यस्तो गर्नु नहुने, राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुने उनीहरुले बताएका छन ।

    गत बैशाख १२ गते सो टोलमा अगिलागी भएको थियो जसमा करीब १५० घर परिवार पूणर्तः नष्ट भएको थियो । प्रतिनिधि मण्डलले अहिलेसम्म सो टोलका बासिन्दाहरुको निमित्त बसोबास लगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत-सहयोगको घोषणा नगरेकोमा क्षोभ प्रकट गर्दै यथाशिघ्र कदम उठाउन मांग गरेको छ ।

    Advertisement

    प्रतिनिधि मण्डलले पूरै मधेश प्रदेशमा भूमिगत जलको सतह सवाट्टै झरेर दैनिक उपयोग र पेयजलको आभाव भएको समस्या प्रति समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

    यस क्षेत्रमा तत्काल अग्रसरता र पेयजलको आपूर्ति गर्नुका साथै भूमिगत जलको रिचार्जिंगमा आइरहेको खठिनाई, चुरे भाँवरसंग सम्बन्धित वातावरणीय समस्या इत्यादिको बारेमा समेत ध्यानाकर्षण गराउँदै भूमिगत जलको रिचार्जिंगको निमित्त अल्पकालिन/दिर्घकालिन परियोजना संचालन गर्न आग्रह गरेका छन ।

    Advertisement

    मधेश प्रदेशमा यस अवधिमा हत्या र दुर्घटनाका घटनाहरु बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै प्रतिनिधि मण्डलले यसलाई तत्काल नियन्त्रण गर्नु पर्ने भन्दै सुरक्षा क्षेत्रलाई यसप्रति सजग गराउन मुख्यमन्त्रीसंग अनुरोध गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »