Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाँसगढीको कालाबन्जार जंगलमा भारतीय नागरिक संग पैसा असुल्ने ३ नक्कली प्रहरी पक्राउ

    २१ बैशाख, बर्दिया । भारतीय नागरिक संग रातिको समयमा पैसा असुल्ने तीन जना नक्कली प्रहरीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

    राती करिब साढे ११ बजेको समयमा भारतीय कामदार संग ५ हजार रुपैँया असुल्ने बाँसगढी नगरपालिका वडा नं. ९ माछागढका २५ वर्षिय मान बहादुर सुनार, २२ वर्षिय निरज नेपाली र २२ वर्षिय हिमाल बि.क. लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।

    Advertisement

    बर्दियाको बाँसगढी नगरपालिका वडा नं.७ कालाबन्जार स्थित जंगलमा भे १ ख ३५०७ न. ट्रकका चालक बासँगढी नगरपालिका वडा न. ६ दमौलीका शक्ती श्रेष्ठको मिलेमतोमा सोही ट्रकलाई रोकेर भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम मोतिपुर स्थायी वतन भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ स्थित लक्ष्मी ट्रेड एण्ड सप्लायर्समा कामदारको रुपमा काम गर्दै आई रहेका ३६ वर्षिय ईलियास शेषसंग ५ हजार रुपैँया माग गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तुल्सीराम अर्यालले जानकारी गराए ।

    उक्त स्थानमा बोलाएर आफुहरु सादा पोषाकको प्रहरी हौं भनी ट्रकमा भएको कवाड लिने भए आफुहरुलाई पाँच हजार रुपैँया दिनु पर्यो नत्र भने कवाड सामान लिन नदिने भनि धाक धम्की दिएको सूचना अधिकारी अर्यालले बताए ।

    Advertisement

    उनका अनुसार उक्त सूचनाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले आरोपीतहरु मान बहादुर सुनार, निरज नेपाली हिमाल बि.क. लाई पक्राउ गरेको छ ।

    उनीहरुलाई कानून बमोजिम म्यादथप गरी अनुसन्धान अगाडि बढाएको र बाँसगढी नगरपालिका वडा नं. ६ दमौली बस्ने शक्ती श्रेष्ठ भे. १ ख ३५०७ नं. को ट्रक चालक मुख्य योजनाकर फरार रहेका प्रहरीले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »