Close sidebar
  • ताजा
  • लोकप्रिय
  • युट्युब हेरेर आफैले बनाएको पेस्तोल पड्किदा सचिन थारु घाइते

    १६ बैशाख, बाँके । बाँकेको राप्ती सोनारी गाँउपालिकाका १६ वर्षिय सचिन थारुले युट्युब हेरेर बनाएको कटुवा पेस्तोल पड्किदा घाइते भएका छन ।

    शनिवार राति करिब १० बजेको समयमा राप्तीसोनारी गाँउपालिका वडा नं. ५ चाचरफर्काका सचिन थारुले आफ्नै पाईन्ट पछाडि गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    Advertisement

    उनी युट्युब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखीने हतियार बनाएकोसूचना अधिकारी एवं प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी गराए ।

    प्रहरी अनुसार दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा गाडिन गई उनी घाईते भएका छन ।

    Advertisement

    जस पश्चात राति सवा १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय बैजापुरले उनीलाई उपचारको लागि मेडिकल कलेज नेपालगञ्ज पठाईएको छ । उनको अवस्था भने सामान्य रहेको र हतियार प्रहरीको नियन्त्रणमा रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »