Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विनाशकारी भूकम्पको गएको ९ वर्ष पुरा

    १२ बैशाख, काठमाडौं । आज बैशाख १२ गते अर्थात आजैको दिन नेपालमा विनाशकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए ।
    पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।

    वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ । भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन ।

    Advertisement

    महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । त्यति धेरै रकम खर्च भएपनि अझै कतिपय पुरातात्विक संरचना पनि अधुरै छन । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसकेको छ ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । भूकम्प गएको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

    Advertisement

    भूकम्पले १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृहमन्त्रालयको तथ्यांक छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    0

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »