११ बैशाख, काठमाडौँ । आज चैत्र शुक्ल पूणर्िमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा मनाइँदैछ ।
सनातन धर्मका अनुयायीहरुले हनुमान जन्मजयन्ती मनाउदै आएका छन् । आज विशेष पूजा अर्चना गरेर हनुमानको जन्मजयन्ती मनाइन्छ ।
Advertisement
चैत्र शुक्ल पूणर्िमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।
यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकणर्ेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमान, नेपालगञ्ज स्थित हनुमानगढी, हनुमत गौशाला, लगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।
Advertisement
नेपालगञ्जमा सोमबार देखि नै विभिन्न स्थानमा कृतन, जागरण र मंगलबार र्याली सहित भब्य रुपमा नगर परिक्रमा गर्ने तयारी गरिएको छ ।
हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।
Advertisement
मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती मङ्गलबार नै परेकाले पनि विशेष अवसर मानिएको छ । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने मान्यता छ ।
रामायण कथामा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको छ । रामभक्त हनुमानलाई बल र साहसको पर्यायका रूपमा मानिएको छ ।
टिप्पणीहरू