१० बैशाख, काठमाडौँ । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् ।
अमिर थानीलाई मंगलबार अपराह्न ५ः३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका परराष्ट्र मन्त्रालयले जनाएको हो ।
Advertisement
कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । यस अवसरमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।
टिप्पणीहरू