१० बैशाख, काठमाडौं । अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली तीनपाटन गाउँपालिका- ८ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमल प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरिएको थियो ।
उक्त नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरीदिने भनेर ब्ल्याकमेल गरी दुःख हैरानी दिएको उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको केन्द्रिय प्रहरी कार्यालय काठमाडौँले जनाएको हो ।
Advertisement
उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू