९ बैशाख, काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ ।
लतिलपुरको गोदावारीमा जारी बैठकमा आज महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ ।
Advertisement
बैठकमा केन्द्रीय निकायहरू सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ-आफ्ना आयोगका प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।
पहिलो बैठकमा नेकपा (एमाले) सरकारका रहेको समयमा गरिएका काम, जाजरकोट भूकम्पमा पीडितहरूको उद्धार, राहत तथा अस्थायी आवास निर्माणका गरिएको स्वयंसेवा र झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
Advertisement
आज प्रतिवेदनहरू प्रस्तुत भई छलफलका लागि छवटा समूह विभाजन गरिएको छ । भोलि विहानदेखि परिषद् बैठकमा प्रस्तुत प्रतिवेदनहरू माथि समूहमा छलफल हुने छ ।
टिप्पणीहरू