Close sidebar
  • ताजा
  • लोकप्रिय
  • त्रिभवन चोक-विपि चोक रुटलाई पाकिस्तान घोषणा गर्न माग

    ६ बैशाख, बाँके । नेपालगञ्जको त्रिभवन चोक-विपी चोक रुटलाई पाकिस्तान घोषणा गर्न माग गरिएको छ । हिन्दुवादीले बुधबार त्रिभुवन चोक हुदैँ विपी चोक र्‍याली निकाल्न नपाएपछि यो रुटलाई हिन्दुवादीको लागि सधैं प्रवेश बन्द गरेर पाकिस्तान घोषणा गर्न माग गरेका हुन ।

    शिव सेनाले बुधबार रामनवमीको अवसरमा भव्य र्‍यालीको आयोजना गरेको थियो । बागेश्वरीको पार्कबाट निकालिएको र्‍यालीमा सरिग हिन्दुवादीलाई उक्त रुट हुदैँ प्रवेशमा प्रहरीले रोक लगाइएको थियो । प्रशासनले भारी मात्रामा उक्त रुटमा प्रहरी परिचालन गरेको थियो ।

    Advertisement

    सदरलाईन हुदैँ र्‍याली सहित नेपालगञ्ज कै प्रमुख केन्द्र त्रिभुवनचोकमा हनुमान चालिसा पढेपछि केही हिन्दुवादी सोही रुट मार्फत र्‍याली प्रवेश गराउन प्रहरी संग धकेलाधकेल गरिरहेका दृश्य देखिएको थियो । प्रशासनले प्रवेश गर्न नदिएपछि केही समय हिन्दुवादी नाराबाजी समेत गरेका थिए । प्रशासन विरुद्ध नारावाजी गर्दै उनीहरुले यो रुटलाई पाकिस्तान घोषणाको माग गरेका थिए ।

    यस अघि पनि उक्त रुटमा प्रशासनले रोक लगाएको थियो । २२ जनवरी अर्थात भारतको उत्तरप्रदेश स्थित अयोध्याको श्री राम मन्दिरको प्राणप्रतिस्ठानको अवसरमा निकालिएको भब्य र्‍यालीलाई पनि उक्त रुटमा प्रवेशमा रोक लगाइएको थियो ।

    Advertisement

    किन र कहिले देखि प्रवेशमा रोक लगाइयो ?
    गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्‍यालीका कारण उत्पन्न परिस्थिती एवंम त्यस पश्चात ओमकार परिवार हिन्दु समाजले र्‍याली निकाल्ने क्रममा विवाद उत्पन्न भएको थियो र नेपालगञ्जमा कफर्यु समेत लगाइएको थियो । ओमकार परिवार हिन्दु समाजले र्‍याली निकाल्ने क्रममा सोही रुटमा तनाव भएको थियो । जस पश्चात उक्त रुटमा प्रशासनले रोक लगाउदैँ आएको छ ।

    तर प्रशासनको यो निणर्य उचित नरहेको र केही समयको लागि बैकल्पिक रुपमा उक्त रुट निषेध गर्नले समस्या समाधान गरेपनि दुइत्रिभवन चोक-विपि चोक रुटलाई पाकिस्तान घोषणा गर्न माग

    Advertisement

    ६ बैशाख, बाँके । नेपालगञ्जको त्रिभवन चोक-विपी चोक रुटलाई पाकिस्तान घोषणा गर्न माग गरिएको छ । हिन्दुवादीले बुधबार त्रिभुवन चोक हुदैँ विपी चोक र्‍याली निकाल्न नपाएपछि यो रुटलाई हिन्दुवादीको लागि सधैं प्रवेश बन्द गरेर पाकिस्तान घोषणा गर्न माग गरेका हुन ।

    शिव सेनाले बुधबार रामनवमीको अवसरमा भव्य र्‍यालीको आयोजना गरेको थियो । बागेश्वरीको पार्कबाट निकालिएको र्‍याली सदरलाईन हुदैँ विपीचोक रहेपनि प्रशासनले उक्त रुटमा रोक लगाएको थियो । प्रशासनले भारी मात्रामा उक्त रुटमा प्रहरी परिचालन गरेको थियो ।

    Advertisement

    सदरलाईन हुदैँ र्‍याली सहित नेपालगञ्ज कै प्रमुख केन्द्र त्रिभुवनचोकमा हनुमान चालिसा पढेपछि केही हिन्दुवादी सोही रुट मार्फत र्‍याली प्रवेश गराउन प्रहरी संग धकेलाधकेल गरिरहेका दृश्य देखिएको थियो । प्रशासनले प्रवेश गर्न नदिएपछि केही समय हिन्दुवादी नाराबाजी समेत गरेका थिए । प्रशासन विरुद्ध नारावाजी गर्दै उनीहरुले यो रुटलाई पाकिस्तान घोषणाको माग गरेका थिए ।

    यस अघि पनि उक्त रुटमा प्रशासनले रोक लगाएको थियो । २२ जनवरी अर्थात भारतको उत्तरप्रदेश स्थित अयोध्याको श्री राम मन्दिरको प्राणप्रतिस्ठानको अवसरमा निकालिएको भब्य र्‍यालीलाई पनि उक्त रुटमा प्रवेशमा रोक लगाइएको थियो ।

    किन र कहिले देखि प्रवेशमा रोक लगाइयो ?
    गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्‍यालीका कारण उत्पन्न परिस्थिती एवंम त्यस पश्चात ओमकार परिवार हिन्दु समाजले र्‍याली निकाल्ने क्रममा विवाद उत्पन्न भएको थियो र नेपालगञ्जमा कफर्यु समेत लगाइएको थियो । ओमकार परिवार हिन्दु समाजले र्‍याली निकाल्ने क्रममा सोही रुटमा तनाव भएको थियो । जस पश्चात उक्त रुटमा प्रशासनले रोक लगाउदैँ आएको छ ।

    तर प्रशासनको यो निणर्य उचित नरहेको र केही समयको लागि बैकल्पिक रुपमा उक्त रुट निषेध गर्नले समस्या समाधान गरेपनि दुई समुदाय बीच झनै टकराव बढ्ने जानकारले बताउँछन । दुई समुदाय बीच भाईचारा पुनः प्रवाहका लागि सरकारले रुट नै बन्द गर्न बाहेकका पनि विकल्प समाज स्तरमा ल्याउनुपर्ने सामाजिक अगुवाले बताउँछन ।

    रुटको रोकावटले दुई समुदाय बीचको सीमा दर्शाइरहेको र उक्त सीमाले भविष्यमा झनै ठूलो क्षति हुन सक्ने भएकोले विस्तारै कम गर्दै जानुपर्ने जानकारले बताउँछन ।

    समुदाय बीच झनै टकराव बढ्ने जानकारले बताउँछन । दुई समुदाय बीच भाईचारा पुनः प्रवाहका लागि सरकारले रुट नै बन्द गर्न बाहेकका पनि विकल्प समाज स्तरमा ल्याउनुपर्ने सामाजिक अगुवाले बताउँछन ।

    रुटको रोकावटले दुई समुदाय बीचको सीमा दर्शाइरहेको र उक्त सीमाले भविष्यमा झनै ठूलो क्षति हुन सक्ने भएकोले विस्तारै कम गर्दै जानुपर्ने जानकारले बताउँछन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »