Close sidebar
  • ताजा
  • लोकप्रिय
  • माइतीघर देखि बानेश्वर सम्म निषेधित क्षेत्र हटाइने

    ३० चैत्र, काठमाडौँ । काठमाडौंको माइतीघर देखि बानेश्वर सम्म कायम निषेधित क्षेत्र बैशाख १ गते देखि हटाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सार्वजनिक सूचना मार्फत गत फागुन ४ गते देखि लागू हुने गरी लगाइएको निषेधाज्ञा हटाएको जनाएको छ ।

    Advertisement

    जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौंको आजको सिफारिस अनुसार माइतीघर मण्डला देखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ ।’

    यस्तै, गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिने जनाएको छ ।

    Advertisement

    विभिन्न मुद्दा र मागमा हुने आन्दोलनका क्रममा उछृङ्खल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्ति विरुद्ध सरकारले कडा नीति लिने मन्त्रालयले चेतावनी दिएको छ ।

    नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने र तोकिएका निषेधित क्षेत्र कम गर्ने कार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

    Advertisement

    यस्ता कार्य गरिएको पाइएमा मुलुकी देवानी संहिता, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जरिवाना सहितको कारबाही हुनेछ ।

    यसअघि काठमाडौंका विभिन्न स्थानमा दुई महिना सम्मका लागि भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »