२५ चैत्र, काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगितामा आज नेपालले फाइनल खेल्दैछ । एसएमएस फ्रेन्डसिप कपको फाइनलमा आइतबार नेपाल र गुजरात बीच प्रतिस्पर्धा हुँदैछ । गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आइतबार दिउँसो प्रतिस्पर्धा हुदैँछ ।
नेपाल लिग चरणका चारमध्ये तीन वटा खेल जितेर विजेता बन्दै फाइनलमा स्थानमा पुगेको हो । गुजरात लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।
Advertisement
त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । लगातार तीन खेलमा पराजित भएको बरोडा लिग चरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको थियो । लिगको अन्तिम खेलमा भने बरोडाले नेपाल सँग जित निकालेको थियो ।
टिप्पणीहरू