Close sidebar
  • ताजा
  • लोकप्रिय
  • इलाम क्षेत्र नम्बर-२ मा एमालेबाट सुहाङ नेम्बाङले गराए उम्मेदवारी दर्ता

    २५ चैत्र, काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर-२ मा आगामी आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन ।

    नेकपा माओवादी केन्द्रको समेत समर्थन पाएका नेम्वाङले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर शनिवार उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा नेकपा (एमाले)का रामप्रसाद सुवेदी र समर्थकमा माओवादी केन्द्रका धीरेन्द्र शर्मा रहेका छन ।

    Advertisement

    उम्मेदवारी दर्ता गर्न जानुअघि नेम्वाङले भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।
    नेकपा (एमाले)का उम्मेदवार नेम्वाङलाई माओवादी केन्द्रका साथै शनिवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि समर्थन गरेको छ । उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अधिकृतको कार्यालय जाने टोलीमा पार्टीका स्थायी कमिटी सदस्यहरू भानभक्त ढकाल, शिवमाया तुम्वाहाम्फे, हिक्मत कार्की, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा लगायत नेताहरू सहभागी थिए ।

    नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भई रिक्त भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । सो उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    Advertisement

    यस्तै, बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले)बाट दमनबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गराउन भण्डारीका साथमा पार्टीका स्थायी कमिटी सदस्य कणर् थापा लगायत नेताकार्यकर्ताहरू र्यालीका रुपमा निर्वाचन कार्यालय पुगेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »