२५ चैत्र, बाँके । उपचुनावका लागि शनिवार उम्मेदवारी मनोनयन दर्ता गराएका विरुद्ध आज उजुरी दर्ता गर्न मिल्ने भएको छ ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिँउसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निणर्य गर्ने निर्वाचन आयोगको कार्यसूची रहेको जनाएको छ ।
Advertisement
यस्तै, सोमबार उम्मेदवारको नामावाली प्रकाशन, मंगलबार नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ ।
आउँदो वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुँदैछ । उपचुनावका लागि हिजो मनोनयन दर्ता भएको हो ।
टिप्पणीहरू