Close sidebar
  • ताजा
  • लोकप्रिय
  • टंक तिमिल्सिना लगायतका चर्चित कलाकारहरुको प्रस्तुतिमा झुमे दर्शक

    ९ चैत्र, बाँके । बाँकेको नेपालगन्ञ्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवमा आज चर्चित गायक टंक तिमिल्सिना, एमटी महर, सृजना खत्री र करिश्मा ढकालको प्रस्तुतीमा दर्शकहरु रमाएका छन ।

    ‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले माहोल तातिएको थियो । महोत्सवमा दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती रह्ने आयोजकले जनाएको हो ।

    Advertisement

    आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले भोलीदेखि लगातार विदा पर्न गएकोले दर्शकको उपस्थिती झनै बढेर जाने जानकारी गराइन ।

    राती ८ बजेसम्म चल्ने महोत्सवको सांगातिक कार्यक्रम कुनै कन्र्सट भन्दा कम छैन । डिजे लाईट र दमदमार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्र्सट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ ।

    Advertisement

    महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    शनिबार लोक तथा दोहोरी गायिका टिका पुन, र्‍यापर टोङ र डान्सर आरुषी मगरसहित स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने प्रचारप्रसार संयोजक इन्द्र बहादुर खत्रीले जानकारी दिइन ।

    Advertisement

    साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । शुक्रबारको महोत्सव पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गरेको थियो । भने शनिबार हुने महोत्सवको सञ्चालन तिलक गाउँले तथा रुपाघर्तीमगरले गर्नुहुनेछ ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »