७ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ मा मजार निर्माण भएको छ । भज्जुपुर्वा नजिकै झोरा जंगलमा कुल २ लाख ६२ हजार ७ सय २५ रुपैयाँको लागतमा मजार निर्माण भएको हो ।
वर्षौ देखि अव्यवस्थित रहेको मजार फागुनको अन्तिममा निर्माण सम्पन्न भएको वडाध्यक्ष जाबेर अलि बेहनाले जानकारी दिए । उनले भने, ‘यो भन्दा पहिले केही थिएन । सानो माटोको बनाएको थिए, पहिला फूसको छार्पो थियो र त्यही ठाँउमा व्यवस्थित गरेर निर्माण गरेको हो ।’
Advertisement
समुदायको चाहना र अपेक्षाले मजार व्यवस्थित गरेको वडाध्यक्ष बेहनाले बताए । उनले भने, ‘हामी आफ्नै मनोमानीले केही पनि गरेको होइन । समुदायको माग र भनाई अनुसार गरिदिएको हो ।’
मजारलाई थप व्यवस्थित गर्न वाल बाउन्ड्रीको आवश्यक्ता रहेको र सबै समुदायलाई समेटेर निर्माण योजना अगाडि बढाईरहेको वडाध्यक्षले जानकारी गराए ।
उनले भने, ‘मजारलाई थप व्यवस्थि गर्न वाल बाउण्ड्री गर्न एकदमै जरुरी छ । अहिले सम्म म सबै समुदायलाई समेटेर अगाडि बढिरहेको छु ।’
Advertisement
गत वर्षमा लोहारनपुरको मन्दिर निर्माण गराएको उनले नाईल खबरलाई जानकारी दिए । ‘त्यसमा केही काम छुटेको छ । यस वर्ष नगरबाट ४ लाख बजेटको लागि माग गरेको र मेयर साबले हाल्दिनुभएको छ । यसको काम केही दिनमै शुरु हुन्छ ।’
उनले अफ्नो विचार प्रकट गर्दै सबै समाजलाई सामान रुपमा हेरेर निर्माण योजना अगाडि बढाइरहेको जानकारी दिए । ‘मैले कुनै धर्म प्रति नराम्रो सोच गरेको छैन । मैले हिन्दु मुस्लिम सबैलाई समेटेको छु ।’
यसका कारण पनि यस क्षेत्रमा कुनै पनि धार्मिक द्वन्द नरहेको उनले जानकारी गराए । चाडपर्वको समयमा पनि यहाँ कुनै पनि प्रहरी प्रशासनले निग्रानी बढाउने किसिमको अवस्था नरहेको उनले बताए ।
टिप्पणीहरू