२३ फाल्गुन, धादिङ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको यात्रु वाहक बस त्रिशुलीमा खस्दा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खसेको प्रहरीले जनाएको छ ।
लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको थियो । ३५ जना यात्रुको उद्धार गरेर गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि लगिएको हो ।
Advertisement
बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण आएको बुझिएको छ ।
एक महिला सहित ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी गराए । उनका अनुसार ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।
Advertisement
घटनास्थलमा स्थानीय, ईलाका प्रहरी गजुरी, सशस्त्र प्रहरी बल लगायत विपद व्यवस्थापनको टोली उद्धारमा खटिएका छन ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।
टिप्पणीहरू