२२ फाल्गुन, नवलपरासी । पश्चिम नवलपरासीमा ३० लाख मूल्य बराबरको अवैध चिनी र केराउ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सोमबार राति सुस्ता गाउँपालिका वडा न.१ बरूवा बस्ने ज्ञानु अर्यालको घर पछाडि भाडामा रहेको गोदाममा भन्सार छली ल्याएको अवैध मालसामानहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे।क्वा नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
Advertisement
जिल्लामा प्रहरी अधिकारी सरूवा भएर आउन लगत्तै अनुसन्धान चुस्त बनाइएको भए पनि तस्करहरू संग लाइन नमिले पछि बरामद गर्ने गरेको र केही समय पछि फेरी सेलाएर जाने स्थानीयको आरोप छ ।
गोप्य सूचनाको आधारमा राति २ बजे गोदाममा खानतलासी गर्दा ठुलो परिणाममा केराउ र चिनी अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
Advertisement
उक्त केराउ र चिनी बरामद गरी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक वाग्लेले बताए ।
टिप्पणीहरू