९ फाल्गुन, काठमाडौँ । मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आज राती सवा १२ बजे पुष्पलाल चौकबाट मानगड तर्फ जादै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाऊँपालिका–१ का २६ बर्षिय राहुल चौधरी र पछाडी सवार २४ बर्षिय शम्भु चौधरी घाईते भएका थिए ।
Advertisement
घाईतेहरुलाई उपचारकोलागी कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको हो । घटनाबारेमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको जनाएको छ ।

















टिप्पणीहरू