८ फाल्गुन, काठमाडौँ । अब नेपालीले पनि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्रका आधारमा भारतीय सिम पाउने भएका छन ।
भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपाली नागरिकले अब सहजै भारतीय सिमकार्ड पाउने नेपाली दूतावासले जनाएको छ । भारतका लागि नेपालका राजदूत शंकर शर्माले मंगलबार बिहान एक्स मार्फत जानकारी गराएका हुन ।
Advertisement
यसअघि भारतले प्राविधिक कारण भन्दै नेपाली नागरिकहरूलाई सिम कार्ड दिन रोक लगाएको थियो ।
राजदूत शंकर शर्माले भनेका छन्, ’अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो। राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निणर्य हुनु खुसीको कुरा हो !’
Advertisement
https://x.com/DrShankarSharma/status/1759778132070920515?s=20
टिप्पणीहरू