६ फाल्गुन, बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले लेनदेन विगो मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लेनदेन विगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।१०।१९ गतेको फैसला आदेशले ६ महिना कैद भई फरार रहेका बिराटनगर महानगरपालिका- १५ का ४० बर्षीय रामजी मण्डललाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
Advertisement
पक्राउ परेका उनलाई सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।
टिप्पणीहरू