Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि, सुदूरपश्चिम प्रदेशमा ३४.१६ प्रतिशत

    १ मङ्सिर, वीरगञ्ज । अझै २० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको पाइएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारी लगायत कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ ।

    Advertisement

    सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ ।

    त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद् लगायत कारणबाट मेटिन पुगेको बताए ।

    Advertisement

    सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ । सर्वेक्षणअनुसार सुदूरपश्चिम प्रदेश (३४ दशमलव १६), कर्णाली प्रदेशमा (२६ दशमलव ६९), लुम्बिनी प्रदेशमा (२४ दशमलव ३५ प्रतिशत) र मधेस प्रदेशमा (२२ दशमलव ५३ प्रतिशत) छ । गण्डकी प्रदेशमा (११ दशमलव ८८ प्रतिशत), बाग्मती प्रदेशमा (१२ दशमलव ५९ प्रतिशत), र कोसी प्रदेशमा (१७ दशमलव १९ प्रतिशत) रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »