२९ माघ, काठमाडौँ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Advertisement
आज राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले आज विहान जारी गरेको बुलेटिनमा छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
Advertisement
पश्चिमी वायु बुधबारबाट भने केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मती सहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।
टिप्पणीहरू