मिर्गौला शरीरको महत्त्वपूर्ण अंग मध्ये एक हो । त्यसैले यसको विशेष ख्याल राख्नु जरुरी छ । अचेल वयस्कहरू सँगै युवाहरू पनि मिर्गौला सम्बन्धी समस्याबाट पीडित छन् । चिकित्सक अनुसार यो समस्याको मुख्य कारण उनीहरूको अस्वस्थ जीवनशैली र गलत खानपान हो ।
यो समस्याबाट छुटकारा पाउन मानिसहरू धेरै कुराको सेवन गर्छन् । तर, के तपाईंलाई थाहा छ ? केही चिजको गलत उपभोगले मिर्गौलाको समस्या झनै बढाउन सक्छ । हो, यसो गर्दा मिर्गौला फेल हुने खतरा बढ्छ ।
Advertisement
मिर्गौलाको सबैभन्दा महत्त्वपूर्ण काम शरीरबाट विषाक्त र तरल पदार्थलाई पिसाब मार्फत बाहिर निकाल्नु हो । साथै यसले शरीरमा नुन, एसिड र पोटासियमको मात्रालाई पनि नियन्त्रण गर्छ । मिर्गौला स–साना रक्तनलीहरूले भरिएको हुन्छ, जसले रगतको फोहोर र अतिरिक्त पानीलाई फिल्टर गरेर शरीरबाट निकाल्न मद्दत गर्छ ।
विज्ञहरूका अनुसार अनियन्त्रित मधुमेह मिर्गौला फेल हुनुको प्रमुख कारण हो । यस्तो अवस्थामा कसैलाई ब्लड सुगर छ र उसले बेवास्ता गरेर कुनै औषधि खाँदैन । जसका कारण रगतमा चिनीको मात्रा बढ्दै जाँदा मिर्गौला बिग्रने खतरा बढ्छ । त्यसैले औषधिलाई बेवास्ता गर्नु हुँदैन । तर, यो खाली पेटमा लिनु हुँदैन भन्ने ध्यान दिनुपर्छ ।
Advertisement
लामो समय सम्म खाली पेटमा पेनकिलरको प्रयोग गर्दा पनि मिर्गौला फेल हुन सक्छ । यो बानीले शरीर र मिर्गौलामा नकारात्मक असर पार्छ । त्यसैले खाली पेटमा कुनै पनि पेनकिलर औषधि सेवन गर्नुहुँदैन ।
यदि व्यक्ति अधिक तौल वा मोटो छ भने मिर्गौला फेल हुने जोखिम पनि बढ्न सक्छ । यस्तो अवस्थामा शरीरको बढ्दो तौललाई नियन्त्रण गर्नु जरुरी हुन्छ । यसो गर्नाले तपाईंको मिर्गौला सधैँ स्वस्थ रहन्छ ।
Advertisement
विज्ञहरूका अनुसार मिर्गौला सम्बन्धी समस्या आनुवंशिक पनि हुनसक्छ । आमाबुवा, हजुरबुबा वा परिवारको कुनै सदस्यलाई मिर्गौलाको समस्या छ भने भविष्यमा मिर्गौला रोगको जोखिम हुन सक्छ । त्यसैले समयमै उपचार सुरु गरेमा धेरैजसो मिर्गौला समस्या निको हुन्छ । तर, कुनै पनि कुराको सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।
– एजेन्सी
टिप्पणीहरू