२७ माघ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले चीन सँगका नाका सञ्चालनमा विशेष काम गरेको दाबी गरेका छन । उनले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन ।
नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल—चीन बीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु शुरु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएको दाबी गरे । आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल चीन बीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु शुरु र व्यवस्थित गर्न सबैभन्दा धेरै प्राथमिकता दिएको बताए ।
Advertisement
परिणाम स्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले चिनियाँ राजदूत सँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमतअघि बढाउने बारेमा छलफल गरेको जानकारी गराए । उनले छलफलमा परम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डीपीआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको जानकारी दिए ।
टिप्पणीहरू