Close sidebar
  • ताजा
  • लोकप्रिय
  • किन हुन्छ निन्द्रमा घुर्ने समस्या ?

    २७ माघ, काठमाडौँ । निदाएको समयमा मानिसहरूको श्वासनली साँघुरो भएर कतिपय व्यक्तिको आंशिक रूपमा श्वासनलीमा अवरोध पनि हुन्छ ।

    डा. जेसी सुरीका अनुसार यस्तो अवस्थामा मानिस घुर्न थाल्छ । कतिपय अवस्थामा श्वासनली बन्द भएर स्लीप एपनिया हुनसक्छ । श्वास फेर्न नसक्दा अक्सिजनको मात्रा घट्छ र कार्बन डाइअक्साइड बढ्छ । निद्रा खुलेपछि मात्रै श्वासप्रश्वासको बाटो खुल्छ ।

    Advertisement

    स्लीप एपनियाबाट पीडित व्यक्तिहरू एक घण्टामा १५, २५ वा ५० पटक सम्म निद्राबाट ब्युँझन्छन । जसका कारण मानिसलाई गहिरो निद्रा पर्दैन र निद्रामा असन्तुलन हुन्छ ।

    घुर्ने समस्याबाट बच्न आफ्नो तौल नियन्त्रण गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ । किनभने तपाईँको चिउँडो नजिकै धेरै बोसो भएको तन्तु हुन सक्छ । यसले श्वासनली साँघुरो बनाएर श्वासको प्रवाहमा बाधा पुर्याउन सक्छ । यस्तो अवस्थामा तौलमा नियन्त्रण कायम राख्दा घुर्ने समस्याबाट राहत मिल्छ ।

    Advertisement

    – बीबीसीबाट

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »