२४ माघ, नवलपरासी । पश्चिम नवलपरासीमा इलाका प्रहरी कार्यालय बेलाटारीको नवनिर्मित भवनको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले नवनिर्मित भवनको उद्घाटन गरेका हुन । भवनको उद्घाटन गर्दैै प्रहरी नायब महानिरीक्षक कडायतले प्रहरी र समुदायले समाजबाट अपराधिक नियन्त्रण गर्न एक अर्काका सहयोगी बन्नु पर्ने बताए ।
Advertisement
समाजमा रहेका लागु औषध कारोबारी, अपराधिक गतिबिधि गर्ने समूह वा व्यक्तिलाई नियन्त्रण गर्न जरुरी रहेको र त्यसको लागि प्रहरी र समुदाय एक अर्काको सहयोगी बन्नु पर्ने उनले सुझाए । प्रहरीद्वारा पुर्याइने सेवा सुविधामा कुनै प्रकारको बहाना बाजि गर्न नहुने धारणा राख्दै सुरक्षाकर्मीले आफ्नो आचरण, व्यवहार सुधार गर्दै सत्य सेवा सुरक्षणमको आदर्शलाई नागरिक केन्द्रित गर्नुपर्ने वर्तमान समयको माग रहेको डि.आइ.जि. कडायतले मातहतका निकायलाई निर्देशन पनि दिए ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सुरक्षाकर्मीहरूले आफू दुस्ख, पीडा भोगेर भएपनी संगठनले दिएको जिम्मेवारीलाई निर्वाह गर्दै आएको विचार व्यक्त गरे ।
Advertisement
भवन उद्घाटन समारोहमा चालू आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गरि कानुन सम्मत जरिवाना गरिएको, भन्सार छली नदीजन्य पदार्थ उत्खनन, स्रोत नखुलेको रकम लगायत कुल ६ करोड १६ लाख बराबरको राजस्व दाखिला गरिएको प्रगती प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
नव निर्मित ईलाका प्रहरी कार्यालय भवनमा १४ कोठा,१ भान्साघर र १ स्नान घर रहेको छ भने भवन निर्माण कार्यमा कुल ३ करोडको लागत लागेको डि.एस.पि. इन्जिनियर रोसन सारुले जानकारी दिए ।
Advertisement
उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव, प्रहरी नायब उपरीक्षक रेशम बोहरा लगायतले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले शान्ती, सुरक्षा, अमन चयन राख्नु प्रहरीको प्रथम कर्तव्य रहेको बताए ।
ईलाका प्रहरी कार्यालय बेलाटारी पश्चिम नवलपरासीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक कडायतले सिमित साधन स्रोतको बाबजुद पनि प्रहरी संगठनले राज्यले दिएको जिम्मेवारीलाई मन, कर्म र वचनद्वारा पालना गर्दै आएको बताउदै लुम्बिनी प्रदेशको दक्षिणी सिमानाका र आसपासका ईलाकामा हुने गरेको अवैध क्रियाकलाप रोक्न प्रहरीद्वारा गरिएको प्रयास सराहनीय भएको जिकिर गरे ।
Advertisement
प्रहरीद्वारा पुर्याइने सेवा सुविधामा कुनै प्रकारको बहाना बाजि गर्न नहुने धारणा राख्दै सुरक्षाकर्मीले आफ्नो आचरण, व्यवहार सुधार गर्दै सत्य सेवा सुरक्षणमको आदर्शलाई नागरिक केन्द्रित गर्नुपर्ने वर्तमान समयको माग रहेको डि.आइ.जि. कडायतले मातहतका निकायलाई निर्देशन पनि दिए ।
भवन उद्घाटन समारोहमा चालू आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गरि कानुन सम्मत जरिवाना गरिएको, भन्सार छली नदीजन्य पदार्थ उत्खनन, स्रोत नखुलेको रकम लगायत कुल ६ करोड १६ लाख बराबरको राजश्व दाखिला गरिएको जानकारी गराइएको थियो ।
लागू औषध सेवनकर्ता नियन्त्रण र सिमापार भारतबाट ल्याइने लागू औषध बरामद तथा ४०५ वटा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको सम्बन्धि प्रगती प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सुरक्षाकर्मीले आफू दुस्ख, पीडा भोगेर भएपनी संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्दै आएको विचार व्यक्त गरे ।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमारकाजी आचार्यले सबैमा कृतज्ञता सहित धन्यवाद ज्ञापन गरे ।
नव निर्मित ईलाका प्रहरी कार्यालय भवनमा १४ कोठा, १ भान्साघर र १ स्नान घर रहेको छ भने भवन निर्माण कार्यमा कुल ३ करोडको लागत लागेको डि.एस.पि. इन्जिनियर रोसन सारुले जानकारी दिए ।
उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव, प्रहरी नायब उपरीक्षक रेशम बोहरा लगायतले सम्बोधन गरेका थिए ।
टिप्पणीहरू